Logo
२७ बैशाख २०८१, बिहीबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी महान्यायाधीवक्तामा सिफारिस

काठमाडौं : वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सरकारको महान्यायाधीवक्तमा सिफारिस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राज्यको महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन् ।

उनलाई राष्ट्रपतिबाट नियुक्तिको तयारी भइरहेको छ। रमणकुमार श्रेष्ठले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको स्रोतले जनाएको छ । भण्डारीले झन्डै ४० वर्ष कानुन व्यवसायिका रुपमा न्यायसेवा गर्नु भएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि महान्यायाधीवक्ताले समेत राजीनामा दिने प्रचलन भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका श्रेष्ठले भने एक साताअघि मात्र राजीनामा दिएका थिए ।

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्