Logo
२७ बैशाख २०८१, बिहीबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्न नी कति जान्याहोला यी मन्त्रीले ? ‘सबै क्षेत्रमा प्रभावकारी उपस्थिती छ’

काठमाडौं : भन्न पनि कति सकेका सरकारका मन्त्रीले । बाढी प्रभावित सबै क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिती छ । यस्तै भने खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले । बाढी पिडितहरुको बेहाल भइरहेकाबेला सत्तासिन मन्त्रीले यस्तै कुरा गरेकाहुन् । उनले बाढी पिडितका लागि सरकारले पर्याप्त राहत र उद्धारको काम गरिरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री यादवले मृतकका परिवारलाई राहत, घाइतेको उपचार, खाद्यान्न वितरण र क्षतिग्रस्त घरमर्मतसम्मका कार्यलाई सरकारले तिब्रता दिएको दाबी गरेका हुन् ।

बाढीले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको र संकलन कार्य सकिएपछि पुनः राहतको प्याकेज नै घोषणा गर्ने यादवले बताए । बाढी पिडित क्षेत्रमा गएर निरीक्षणपश्चात तत्काल उद्धार र राह वितरणलाई तिब्रता दिइएको दाबी यादवले गरे । ड्राइ फुड, खानेपानी, लत्ता कपडा लगायतका सबै अति आवश्यक वस्तु पिडितसम्म पु¥याइएको जिकिर समेत यादवले गरेका छन् । सरकारी निकाय सबैको परिचालन गरेर काम भइरहेको बताउँदै यादवले बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको बताएका छन् । “पानी शुद्ध बनाउनका लागि निःशुल्क रुपमा ट्याब्लेट वितरण गरेका छौँ ।” मन्त्री यादवले भने ।

अहिलेको सरकारको ध्यान नै बाढी पिडितलाई राहत वितरण र उद्धारमा केन्द्रित भएको दाबी गर्दै मन्त्री यादवले भने, “सबै क्षेत्रमा त्रिपाल समेत पठाइसकेका छौँ ।” यदी कसैले खानेपानी, खाद्यान्न र उद्धार पाएको छैन भने तत्काल सम्बन्धित ठाउँका जिल्ला प्रशासनलाई निर्देशन दिएर काम अघि बढाइने यादवले बताए । तर बाढी प्रभावित सबै ठाउँमा सरकारको उपस्थिति रहेको जिकिर गर्दै मन्त्री यादवले कुनै पनि ठाउँमा बाढी पिडितले समस्या भोग्न नपरेको दाबी गरे ।

प्रधानमन्त्री लगायत मन्त्रीहरु बाढी प्रभावित सबै जिल्लामा स्थलगत भ्रममणमा गएर कामलाई तिब्रता दिइएको मन्त्री यादवले बताए ।
जनता समस्या भएको तर अब राहत र उद्धारको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । पानी पर्न कम हुनासाथ सबै समस्या सम्बोधन हुने मन्त्रीको तर्क छ । मन्त्री यादवले आगामी दिनमा प्राकृतिक विपत्तिबाट हुने क्षति न्यनिकरणका लागि सरकारले योजना बताउने बताए ।

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्