Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः हुने भयो पौडी प्रतियोगिता, खेलकुदमा खैलाबैला

काठमाडौं । चर्चित पौडी खेलाडी गौरीका सिंहलाई राष्ट्रिय प्रतियोगिता खेल्नबाट वन्चित गर्न नेपाल पौडी संघका पदाधिकारीको एउटा गुट गरिरहेको भन्दै उक्त षडयन्त्रको गत साता सार्वजनिक भएको थियो ।  घटना र विचारले उक्त समाचारको पर्दाफास गरेपछि यो घटना सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि खेलकुदमा एक प्रकारको खैलाबैला नै मच्चिन पुगेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सम्बन्धित निकाय अर्थात् युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको उक्त समाचारप्रति ध्यानाकर्षण भएको बुझिनमा आयो । समाचार तथ्य भए–नभएको सम्बन्धमा उल्लिखित सम्पूर्ण निकायले पौडी संघका पदाधिकारीसँग सम्पर्क गर्दा संघका पदाधिकारीहरूले इन्कार गर्न नसकेबाट घटना र विचारले सम्प्रेषण गरेको समाचार सत प्रतिसत सहि सावित भएको थियो ।

त्यसपछि राखेपले पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलाई परिषदमा बोलाएर कुनै पनि हालतमा राष्ट्रिय प्रतियोगिता नसार्न र निर्धारित समयमै आयोजना गर्न निर्देशन दिएको थियो । परिणामतः तीन दिनको प्रतियोगिता अहिले दुई दिन छोट्याएर आउँदो भाद्र १ र २ (विही र शुक्रबार) गते सातदोबाटोस्थित पौडी पोखरीमा हुने राखेपबाट प्रेषित गरिएको समाचारमा उल्लेख गरिएको छ । उक्त २० औं राष्ट्रिय पौडी प्रतियोगिता राखेपको तत्वावधान तथा नेपाल पौडी संघको आयोजनामा हुँदैछ ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट १ सय ४४ खेलाडीको सहभागिता रहने पौडी संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन् । ९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन । दुईदिने प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पौडी संघकी उपाध्यक्ष गीता राणाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्