Logo
२९ मंसिर २०८१, शनिबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने ‘अहिलेको शिक्षा प्रणाली कामविहिन भयो, काम छैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको शिक्षा प्रणाली कामविहिन भएको बताएका छन् । उनले भद्रगोल शिक्षाका कारण वेरोजगारहरु उत्पादन भइरहेको भन्दै अवको शिक्षा जीवन, दर्शन र व्यवहारिक बनाउनुपर्ने बताए ।

एमाले भातृ संगठन अनेरास्ववियुले शुक्रबार आयोजना गरेको ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले जीवनबाट पृथक भएको शिक्षाको अर्थ नहुने बताएका हुन् । उनले मुलुकलाई चाहिने डाक्टर, पाईलट, ईन्जिनियर कति चाहिने हो त्यो आवश्यक्ता अनुसार उत्पादन गर्नुपर्ने र त्यसका लागि ध्यान दिनुपर्ने पनि बताए ।

उनले भने ‘व्यवहारिक शिक्षा हुनुपर्छ अनिमात्र उपलव्धि हुन्छ अहिले मास्टर डिग्री गरेकाहरु पनि काम नपाएर बेरोजगार भइरहरेका छन् यसैबाट थाहा हुन्छ अहिलेको शिक्षा कति प्रभाकारी छ भन्ने कुरा ।’ व्यवहारिक शिक्षाको खाचो रहेको भन्दै ओलीले आफुले राजानीति नगरेर संगीत शिक्षा पढेको भए ५ कक्षा पनि पास नहुने अनुभव सुनाए ।

एमाले नेता रविन्द्र अधिकारीले शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा शिक्षाविदहरु मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला र हरि लम्साल टिप्पणी गरेका थिए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले मुलुकका ७० प्रतिशत नीजि विद्यालय एमालेले चलाएको बताएका थिए ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्