Logo
१७ बैशाख २०८१, सोमबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूजना प्रधानको जीवन शैली : ‘आफ्नो स्वास्थ्यमा जोक गर्दिनँ’

पूजना प्रधानले धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । सौन्दर्यका हिसाबले उनको सधैँ चर्चा हुन्छ, फिल्मी बजारमा । लामो समयदेखि फिल्मी क्षेत्रमा काम गर्दै आएकी अभिनेत्री प्रधान भगवान्लाई खुबै मान्छिन् । व्रत बस्छिन्, पूजा गर्न छुटाउँदिनन् । अहिले साउन महिना भएकाले उनी हरेक सोमबार र मंगलबार व्रत बस्ने गरेकी छिन् ।

आफ्नो स्वास्थ्य सबैभन्दा ठूलो धन भएकाले यो कुरामा कहिल्यै जोक नगर्ने उनी बताउँछिन् । पूजना आफ्नो सौन्दर्य बचाउन बिहानदेखि साँझसम्म के–के गर्छिन् त ? उनकै शब्दमा :

महिनाको दुईपटक फेसियल
अनुहारको सौन्दर्यका लागि एक महिनामा दुईपटक फेसियल गर्छु । तर, मैले घरमै फेसियल गर्ने गरेकी छु । नियमित गरिने फेसियलले स्किनलाई स्वच्छ बनाएर चमक ल्याउन भूमिका खेल्छ ।

योगा र जिम
योगा र जिम म कहिल्यै बिर्सन्नँ । म शारीरिक सौन्दर्यका लागि बढी मसाज गर्दिनँ । निरन्तरको योगाले मेन्टल्ली र फिजिकल्ली सुन्दर बनाउँछ । सोही कारण बढी मसाजको आवश्यकता पर्दैन ।

छालालाई स्वस्थ राख्न सोना, स्टिम बाथ
हप्तादिन अथवा १५ दिन, समय–समयमा सोना बाथ, स्टिम बाथ लिने गरेकी छु । सोना बाथ, स्टिम बाथ लिएपछि उपयुक्त एक्स्ट्रा क्रिम प्रयोग गर्छु ।

कसरत
पसिना निस्किने गरी कसरत गर्छु । यसले छालाको सौन्दर्य बढाउ“छ । कसरत, जिम र योगा गर्न कहिल्यै भुल्दिनँ । नियमित कसरतले दिनैभरि फुर्र्तिलो बनाउन मद्दत पुग्छ ।

घरबाहिर निस्कँदा सनब्लक
हरेक दिन जब घरबाहिर निस्कन्छु, सनब्लक क्रिम लगाउन कहिल्यै भुल्दिनँ । हल्का पाउडर पनि लगाउँछु ।
मेकअप गर्छु । राति सुत्नुअघि नाइट क्रिम लगाउँछु ।

दिनको तीन लिटर पानी
बिहानै पटक–पटक गरेर तीन–चार गिलास सफा पानी पिउने गरेकी छु । दिनभरमा तीन लिटरभन्दा बढी पानी पिएकै हुन्छु । बिहान केही ब्रेड खान्छु । हेल्दी खानामा जोड दिन्छु । सौन्दर्यसँँग शारीरिक स्वास्थ्यको सम्बन्ध रहने भएकाले खाना सकेसम्म सादा खान्छु । म भेजिटेरियन भएकाले मासु खाने कुरा भएन, सादा खाना, हरियो सागसब्जीमा जोड दिन्छु । सिजनअनुसार फलफूलमा जोड दिन्छु । ग्रिन टी र ब्ल्याक कफी नियमित खाने गरेकी छु ।

मनको शान्ति र आत्मविश्वासका लागि पूजा–व्रत
मनको शान्ति र आत्मविश्वासले पनि सौन्दर्यमा निखार दिन्छ । त्यसैले आत्मसन्तुष्टिका लागि हरेक दिन बिहान केही बेर पूजाआजा गर्छु, भगवान्का लागि बत्ती बाल्छु । अहिले त साउन महिना हो, सोमबार र मंगलबार व्रत बसिरहेकी छु । अरू वेलामा पनि विभिन्न समयमा व्रत बस्दै आएकी हुन्छु ।

कपालको स्याहारमा जोक गर्दिनँ
कपाल कर्ली छ । स्याहार गर्न निकै गाह्रो हुन्छ । आयल मसाज गर्‍यो भने अनुहारमा डन्डिफोर निम्त्याउँछ । तैपनि, कहिलेकाहीँ आयल मसाज गर्नैपर्छ । हरेक दिन ‘हेयर भिटामिन’ लगाउँदिनँ । घरमै विभिन्न तरिका अपनाएर कपालको केयर गर्छु । कपालको सुरक्षामा जोकिङ गर्दिनँ । विशेष कार्यक्रममा जाँदा अथवा साथीभाइलाई भेट्न जाँदा किन नहोस्, कपाल धोएर हल्का तेल नलगाई हिँड्नै मन लाग्दैन । नयाँपत्रिका बाट

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्