Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोनाले दियो नेमारलाई क्लब छाड्ने अनुमति

नेमारले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी) जान लागेको खबरले दुईहप्ता बढी चर्चा पाएपछि अन्ततः बार्सिलोनाले नेमारलाई क्लब छाड्ने अनुमति दिएको छ । योसँगै नेमार कीर्तिमानी २ सय २२ मिलियन यूरोमा पीएसजी जाने पक्कापक्की भएको छ ।

यसअघि विश्व फुटबलको इतिहासमा म्यानचेस्टर युनाइटेडले पाउल पोग्बालाई ८९.३ मिलियन पाउण्डको कीर्तिमानी रकममा भित्र्याएको थियो। सो रकम भन्दा झण्डै दोब्बर रकममा नेमार बार्सिलोना छाडेर पीएसजी जान लागेका हुन् ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भेलभार्डाेले नेमारलाई क्लब छाड्ने अनुमति दिँदै सुन्दर भविष्यको कामना गरेका छन्। त्यसैकारण बुधबारको नियमित अभ्यासमा नेमार सहभागी भएनन्  । पीएसजीसँगको हस्ताक्षरसँगै नेमार विश्वका सवैभन्दा महंगा फुटबलर बन्नेछन् ।

बार्सिलोनामा सधै लिओनल मेसीभन्दा दोस्रो दर्जाको खेलाडीमा आफूलाई गन्ती गरिने कारणबाट रुष्ट रहेका कारण उनले क्लब छाड्ने निर्णय लिएको समाचारमा जनाइएको छ । २५ बर्षे नेयमारले मेसीसँगै क्लबमा आवद्ध भएसम्म बालान डे’ओर लगायतका प्रतिष्ठित अवार्डहरु हात नपारेको ठम्याइका साथ क्लब छोड्ने निधो गरेका हुन् । एजेन्सीकाे सहयोगमा

प्रकाशित मिति: Aug 2, 2017

प्रतिक्रिया दिनुहोस्