Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा रहेका ‘रअ’ प्रमुख दिल्ली तानिए

काठमाण्डौ : भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएको छ । जोहरीलाई लण्डनवाट काठमाण्डौ सरुवा गरिएको थियो । उनले यसअघि काठमाण्डौस्थित भारतिय दुतावासमा एजुकेशन सेक्सनमा समेत काम गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार जोहरीलाई केही दिन अघि मात्र विजेपी नेतृत्वको सरकारले दिल्ली तानेको हो । उनि काठमाण्डौस्थित दुतावासमा कन्सुलर डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । भारतिय दुतावासको आधिकारीक वेभसाइटमा समेत उनको पद मिनिस्टर काउन्सिलरको रुपमा राखिएको छ । उच्च राजनीतिक नेतृत्वले दिएको जानकारीअनुसार जोहरी दोस्रो संविधानसभाको चुनाव सार्न र चीनसंग वान बेल्ट वान रोडको सम्झौता हुन नदिने मिसनमा लागेका थिए । उनले त्यसका लागी तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत सुझाएका थिए ।

नेपालको राजनितिक नेतृत्वलाई तराईका दलहरुलाई समेटेर चुनाव गर्न सुझाव दिने गरेको भारतले नेपालमा चुनाव नहोस भन्ने चाहन्थ्यो । भारतकै सहयोगमा सरकार बनेको चर्चा बाहिर भइरहदा प्रचण्डले भारतिय चाहनाअनुसार काम गर्ने अपेक्षा पनि भारतको थियो । उसले त्यसका लागी प्रत्यक्ष–अप्रत्यक्ष रुपमा त्यो सुझाव नेपालको राजनीतिक नेतृत्वलाई पनि दिइरहेको थियो ।

“प्रायः अप्रत्यक्ष वार्तामा संलग्न रहने ‘रअ’ प्रमुख जोहरी नेताहरुसंगको भेटमा मधेषीलाई समेटेर चुनाव गर्दा राम्रो हुने सुझाउथे,उनले चीनसंग सम्झौता नगर्न पनि नेपाली नेताहरुलाई दबाव दिने गरेका थिए ।” जोहरीसंग वार्ता गरीरहने एक जना कांग्रेस नेताले भने । नेपाली नेताहरुले भारतलाई इन्गेज गरेर रणनितीक हिसावले महत्वपुर्ण मानिएको एक पेटी एक मार्गमा अन्ततः चीनसंग हस्ताक्षर गरेरै छाड्यो ।

जोहरीसंगको भेटमा माओवादी र कांग्रेसका नेताहरुले चीनसंगको सम्झौता नहुने र चुनावमा मधेषवादी दलहरुलाई समेटेर नै लैजाने आश्वासन् दिएपछि जोहरीले त्यही रिपार्ट आफ्नो सरकारलाई वुझाएका थिए । “उनको सरुवा नियमित र बढुवा भएको कारणले भनिएपनि भित्री रुपमा भने उनको मिसन फेल हुनु नै हो सरुवाको कारण हो ।” भारत निकट भनेर चिनिएका एक नेताले भने । उनले चीनसंगको सम्झौता र चुनाव नहुने रिपोर्ट वुझाएपछि दिल्ली नेपालमा चुनाव नहुने र चीनसंगको सम्झौता पनि नहुनेमा दिल्ली ढुक्क थियो । संचारकर्मीहरुसंगको भेटमा पनि भारतिय दुतावासका उच्च अधिकारी यो सरकारले ओवरमा हस्ताक्षर गर्दैन् भनेर दावी गर्थे ।

तत्कालिन परराष्ट्रमन्त्री प्रकाशरण महतले त यो सम्झौतालाई अघि नबढाउन निकै कोशीस गरेका थिए । उनले धेरै पटक भारतको भ्रमण गरेपनि त्यतीबोला चीन भ्रमण गर्न कुनै रुची देखाएका थिएनन् । यतिसम्म की रणनितीक हिसावले महत्वपुर्ण मानिएको र राष्ट्रहितमा समेत रहेको चीनसंगको सम्झौता लागु गर्न समेत कुनै चासो नै दिएनन् । प्रधानमन्त्री प्रचण्ड वालुवाटारमा रहेकै बेला सहभागी एक कांग्रेसले नेताले त्यो घटनालाई काठमाण्डौपाटीसंग कुरा गर्दै यसरी सम्झिए – “हामी बालुवाटारमा वसिरहेका थियौ,शेरबहादुर देउवाजी पनि वैठकमा पुग्नुभयो, प्रधानमन्त्रीले परराष्ट्रमन्त्री महतलाई बोलाउन भन्नुभयो,महत पुगेपछि उहाले अनेक कोणबाट ओवरमा हस्ताक्षर गर्नुहुन्न भन्नु भयो ।

पछि प्रधानमन्त्रीले उसै त एमालेले मलाई राष्ट्रघाती,भारतको दलाल भनिरहेको छ,झन् यो सम्झौता नगरे मलाई महादलाल भन्छन् । म अरु केही जान्दिन् त्यो खुरुक्क आजै अघी बढाउनुहोस भनेपछि वल्ल सम्झौता प्रक्रिया अघि बढेको हो । ” प्रचण्ड निकट एक जना माओवादी नेताकाअनुसार सुरुमा कांग्रेसका नेताहरु र स्वंयम् सभापति भारतलाई चिढाएर ओवरमा हस्ताक्षर गर्ने मुडमा थिएनन् । ‘पछि चिनियाहरुलाई पनि चिढाउनुहुन्न भन्ने भएर हो कि क्या हो, उहाहरु पनि सकरात्मक हुनुभयो ।’’ ती नेताले भने । यसरी ओवरमा हस्ताक्षर नगर्न नेताहरुमाथी दक्षिणको दवाव थियो ।

त्यसमा जोहरीको भुमिका महत्वपुर्ण थियो । स्रोतले भन्यो । तत्कालिन परराष्ट्रमन्त्री महतले सन्तुलित सम्वन्ध राख्न नसकेको भन्दै उनको त्यतिवेला सर्वत्र आलोचना समेत भएको थियो ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा भारतसंगको सम्बन्ध सुमधुर जानेमा उनिहरु विश्वस्त थिए । तर, प्रधानमन्त्रीले दुवै छिमेकीलाई सन्तुलनमा राखेर काम गरेपछि पछिल्लो समय भारतीयहरुले उनिसंग पनि दुरी बढाएका छन् ।

“पहिले–पहिले निकै अनौपचारीक छलफल हुन्थ्यो, तर अहिले किन हो भेटघाट निकै कम भएको छ । सायद ओवरमा हस्ताक्षर गरेपछि अलि चिसो अनुभव गरेका होलान् ।” माओवादी अध्यक्ष प्रचण्डसंग निकट एक नेताले भने । चुनाव स्थगित हुने र ओवरमा पनि सम्झौता नहुने अपेक्षा गरेको भारतले प्रचण्डले कुशलतापुर्वक दुवै निर्णय गरेपछि भने उनिसंग खुसी नभएको स्रोतको दावी छ ।  जोहरीले दिएको रिपोर्ट गलत सावित भएपछि उनलाई तान्ने निर्णय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको सल्लाहमा प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको दिल्लीस्थित उच्च स्रोतले जानकारी दियो । जोहरी डेढ वर्ष अघि लण्डनवाट काठमाण्डौ सरुवा भएर आएका थिए, भन्दै काठमाण्डौपाटी नामक अनलाइनमा खबर छ ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्