Logo
२२ बैशाख २०८१, शनिबार
(July 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजातान्त्रिक सेनानी दास सिकिस्त: पार्टीले कुनै सहयोग नगरेको गुनासो

काठमाण्डौ  : दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातान्त्रिक आन्दोलनका सेनानी सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहेका छन् । विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ । हाल उनलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ ।

विसं २०२४ मा वीरगन्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गरेका दासले त्यसपछिका हरेक प्रजातान्त्रिक आन्दोलनको अग्रपंतिमा रहेर काम गन गरे । राजनीतिमा लागेकै कारण उनले तीन वर्षको जेल सजाय र सात वर्ष भारतमा निर्वासित जीवन बिताउँनु प¥यो ।

विसं २०४६ पछि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय सचिव बनेका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली काँग्रेस बारा क्षेत्र नं २ का सदस्य हुन । लामो समय आफ्नो सम्पूर्ण जीवन पार्टी र प्रजातन्त्रका लागि सममर्पित गरेका उनलाई अहिले आफू सिकिस्त बिरामी हुँदा पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःख लागेको छ ।

आँशु चुहाउँदै उनले भने, ‘‘पार्टीकै लागि जीवन बिताइयो तर आज पार्टीबाट कुनै सहयोग पाउन सकिएन, ‘‘पार्टीका कुनै नेताले पनि चासोसम्म नदिदा झनै पीडा हुन्छ ।’ रासस

प्रकाशित मिति: Jul 31, 2017

प्रतिक्रिया दिनुहोस्