Logo
१६ बैशाख २०८१, आईतबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटको प्रयोग र सुरक्षा बारे ज्ञान बाँड्दै IT फेडेरेशन

काठमाडौं । कम्प्युटर र इन्टरनेटको प्रयोगसँगै अपराध र असुरक्षा पनि बढ्दै गएको छ । आइटी फेडेरेशन नेपालका अध्यक्ष राजु कुशवाहाले इन्टरनेटको प्रयोगसँगै सुरक्षा बारे ज्ञान नभए ठूलो दुर्घटनामा पर्न सक्ने बताएका छन ।

‘इन्टरनेटको प्रयोग तीब्र गतीमा बढ्दैछ, सोशल मिडिया प्रयोग गर्नेको संख्या ह्वातै बढेको छ’ कुशवाहा भन्छन् ‘तर हामीले त्यसबाट पर्ने नकारात्मक प्रभाव बारे सोच्दैनौ । जसकारण समस्यामा पर्ने गरेका छौं । त्यसैले हामीले ‘बी अवेर, बी सिक्योर’ अर्थात जानी राखौं र सुरक्षित रहौं अभियान चलाएका छौं ’

 

 

केही दिन यता आइटी फेडेरेशन नेपालले ह्याकिङ र सेक्युरिटी बारे प्रशिक्षण कार्यक्रम देशको विभिन्न भागमा गर्दै आएको छ । काठमाडौंको कलेजहरुबाट शुरु भएको अभियान बिरगंज, जनकपुर, धनगढीलगायतका ठाँउहरुमा निःशुल्क सम्मन्न भएको छ । केही दिनभित्रै पोखरा, बिराटनगरमा प्रशिक्षण कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष कुशवाहा बताउँछन् ।

यस प्रशिक्षण कार्यक्रममा हजारौंको संख्यामा विद्यार्थीहरु सहभागी हुने गरेका छन् । आइटीप्रति युवाहरु धेरै उत्साहित र जिज्ञासु रहेको कुशवाहाको भनाइ रहेको छ । कम्प्युटर र इन्टरनेट प्रयोगकर्ताहरु आफ्नो डाटा र सुचनाहरु कसरी सुरक्षित राख्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रीत हुने गरेको छ ।

आइटी फेडेरेशनको केन्द्रीय कार्यालयमा समेत निःशुल्क प्रशिक्षण दिने गरेको कुशवाहा बताउँछन् । आइटी क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ–संस्थाहरुको छाता संगठन बनाएर बिगत ४ वर्षदेखि आइटी क्षेत्रमा नयाँ आयाम थप्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्