Logo
१८ बैशाख २०८१, मंगलबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय नेताहरु आदित्यनाथ र नितिश कुमार  नेपाल आउन इच्छुक

काठमाडौं : बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसंग हालै भएका भिन्दा-भिन्दै भेटमा कुमार र योगीले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतका यी दुई नेताको भ्रमणको यकिन मिति चाहिँ तय भइसकेको छैन । भारतीय विदेश मन्त्रालयमार्फत् उहाँहरुको भ्रमणबारे टुंगो लाग्ने दूतावासका अधिकारीहरुले बताए । ‘कुमार र योगीको भ्रमण जुनकुनै समयमा गराउन नेपाल तयार रहेको राजदूत उपाध्यायले उहाँहरुलाई बताउनुभएको छ । कुटनीतिक च्यानलबाट यसबारे टुंगो लाग्ला’, दूतावासका एक अधिकारीले भन्नुभयो। कुमार र योगीले राजदूत उपाध्यायसंग नेपालसंगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो ।

आदित्यनाथले नेपाल राजतन्त्र सहितको हिन्दू राज्य बन्नुपर्ने अभिव्यक्ति विगतमा दिनुभएको थियो। उहाँले वाराणसी र नेपालको जनकपुर जोडेर हिन्दू सर्किट निर्माण गर्न समेत लविङ् गर्नुभएको थियो। बिहार र उत्तर प्रदेश नेपालसंग सीमा जोडिएका उत्तरी भारतीय राज्य हुन्।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्