Logo
१५ बैशाख २०८१, शनिबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतमा अब को ? यसरी हुदैछ त्रिमुर्तीको चर्चा !

काठमाडौं, १३ फागुन । अब नेपालका लागि भारतीय राजदूतमा अब को ? यस्तै प्रश्न कुटनीतिक वृतमा छाएको छ । नेपालका लागि भारतिय राजदूत राजदुत रञ्जित राय आफ्नो कार्यकाल पूरा गरी भारत फर्कने निस्चत भएको छ । निर्वाचन घोषणा भइरहँदा विशेष परिस्थितिका लागि भन्दै थप केही समय थपिने चर्चा चले पनि अब भने उनको म्याद नथपिने पक्का पक्कि भएको हो । विशेष गरि, भारतिय राष्ट्रपति प्रणव मुखर्जीको आर्शिवाद पाएका रे अब भने कतैबाट दाल नगल्ले भएको छ ।

वास्तवमा भन्ने हो भने रेको कार्यकाल निकै विवादित मात्र भएन नेपाल र भारतको सम्बन्धमा उनकै कारण ठुलो फाठो समेत आयो । नेपालीले कहिल्लै पनि बिर्सन नसक्ने नाकाबन्दी २०७२ पनि उनकै समयमा भयो । उनी भारतको विदेश सेवामा उमेरहदका कारणसमेत सेवानिवृत्त हुनुहुनेछ । रे भारत फर्कनुअघि उतैबाट बिदाइ कार्यक्रम हुर्ने अवस्था आएको बुझिएको छ ।

रेलाई विदाइ गर्न नेपाल–भारत सम्बन्धको उद्देश्य राखेर खोलिएका संघ संस्थाको प्रतिष्पर्धा नै चलेको अहिले पनि देख्न पाइन्छ । कतिपय संघ संस्थालाई रे आफैले विदाइको कार्यक्रम राख्न निर्देशन समेत दिएकाछन् स्रोतले भन्यो । ती सबै कार्यक्रममा सरिक हुन राजदूतले धेरै समय खर्चिइरहनुभएको छ ।

शनिबार नीति अनुसन्धान प्रतिष्ठान नेपालले राजदूत रेलाई बिदाई गर्ने कार्यक्रम राखेको छ । प्रतिष्ठानले पछिल्लो समय दुई देशको सम्बन्ध सुधारलाई केन्द्रित गरी विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । उसले भारतीय राष्ट्रपति प्रणय मुखर्जी नेपाल भ्रमणमा आउँदा नीति निर्माण तहमा सक्रिय दुवै देशका व्यक्तित्वलाई बोलाएर र्याडिसन होटलमा दुईदिने अन्तक्र्रियासमेत गरेको थियो ।

रे बिदाइमा सरिक भइरहँदा उहाँको स्थानमा को आउने भन्नेबारे भारतीय विदेश मन्त्रालयले अधिकारिक निर्णय सार्वजनिक गरको छैन । त्यसबारे भित्री निर्णय भइसकेको चर्चा दिल्ली र लैनचौरसम्म चलेको छ । विश्वस्त स्रोतका अनुसार भारतीय जनता पार्टीले निकै चासो राखेकाले राजनीतिक नियुक्ति हुने सम्भावना बढी छ ।

भाजपाको एउटा पक्ष पूर्व स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागलाई ल्याउन लागिपरेको छ भने अर्को पक्ष कूटनीति क्षेत्रकै खोज्न सक्रिय छ । भाजपाले नेपालमा हिन्दू राष्ट्रबारे निर्णय गराउन चाहेकाले पनि उसले दलबीरमार्फत आफ्नो नीति लागू गर्ने रणनीति बनाउन खोजेको बुझिएको छ ।

विदेश मन्त्रालयका कर्मचारीबाट चाहिँ प्रीति शरणको सम्भावना छ । अमेरिका, चीन र बेलायतले समेत महिला राजदूत पठाएको तर्क गर्दै भारतले पनि महिला पठाउनेबारे चर्चा नभएको होइन । तर बढि संभावना दलवीर सिंह सुहागकै रहेको स्रोतको दाबी छ । विदेश मन्त्रालयका अर्का कर्मचारी टीएस तिरुमूर्तिको सम्भावनाबारे पनि उत्तिकै चर्चा छ ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्