Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से तीन अंकले घट्यो, तीन समुहले कमाए, पाँच समुहले गुुमाए – तालिकासहित

काठमाडौं, ४ माघ । नेप्सेको गिरावट आज पनि कायम रहेको छ । आज नेप्से तीन दसमलव पाँच अंकले घटेर १४ सय ६३ दसमलव चार अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ६४ अंकले घटेर तीन सय १७ दसमलव ३४ अंकमा कायम रहेको छ ।

कुल एक सय ३० कम्पनीहरुको तीन हजार तीन सय ५१ वटा कारोवारमा आठ लाख ५० हजार छ सय ६५ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ३४ करोड २५ लाख ५८ हजार नौ सय ४१ रुपैयाँ पुुगेको छ ।

आज नेप्सेमा आठ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार बढेर पाँच वटा समुहको कारोवार घटेको छ । उच्च अंकले बढेको होटल समुहको सुचक ३४ दसमलव ८५ अंकले बढेर १८ सय ८० दसमलव ५७ अंकमा कायम रहेकोमा ११ लाख पाँच सय ६० रुपैयाँको कारोवार भएको छ ।

बिकास बैक समुहको सुचक दुुई दसमलव ८५ अंकले बढेर १५ सय आठ दसमलव ५२ अंकमा कायम रहेकोमा चार करोड ६८ लाख २८ हजार तीन सय रुपैयाँको कारोवार भएको छ । उत्पादनमुलक समुहको सुचक भने आज सामान्य अंकले बढेको छ ।

सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सचुक २२ दसमलव ७७ अंकले घटेर छ हजार सात सय ३७ दसलव ४८ अंकमा कायम रहेकोमा पाँच करोड ९९ लाख ९६ हजार सात सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ९९ अंकले घटेर १४ सय चार दसमलव २६ अंकमा कायम रहेकोमा २० करोड ८३ लाख ५२ हजार रुपैयाँको कारोवार भएको छ ।

आज जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि घटेको छ । यसैगरी आज बढी कमाउने कम्पनीको सुचीमा कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मुल्य नौ रुपैयाँ ९४ पैसाले बढेर १५ सय ९२ रुपैयाँमा कारोवार भएको छ । आज गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा सिर्जना फाईनान्स परेको छ भने रकम कारोवारका आधारमा प्रभुु बैक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम   कारोवार भएको मुल्य   बढेको मुल्य
कालिका माईक्रो क्रेडिट     १५९२  ९.९४
ग्रिन डेभलपमेन्ट बैंक      ६२२ ९.८९
राप्तीभेरी बिकास  बैंक     ३८१  ७.६३
शाईन रेसुंगा डेभलपमेन्ट बैंक     ३५७ ५.६२
५  मञ्जुुश्री फाईनान्स      १७९ ५.२९

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य  घटेको मुल्य
१  सिर्जना फाईनान्स       ४९१ ५.७५
 प्रोग्रेसिभ फाईनान्स    १६१   ५.२९
तिनाउ बिकास बैंक    ३३७   ३.७१
४  नेरुडे लघुबित्त      १३६३  ३.६७
५  भार्गभ बिकास बैंक      ३७७ ३.५८

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम  अन्तिम मुल्य
 प्रभुु बैंक      ७०४२९१९१ ३४४
२  स्टान्र्डड चार्टड बैंक     १८२७५६७६ २२१०
सिद्धार्थ बैंक      १८०३१२६४ ९९४
४  नेपाल लाईफ इन्स्योरेन्स    १४७९१३०० २७२०
 बैंक अफ काठमाडौ लुम्बिनी    १२०२०५७९ ६१०

प्रकाशित मिति: Jan 17, 2017

प्रतिक्रिया दिनुहोस्