Logo
१५ चैत्र २०८०, बिहीबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार बैठक: संशोधन प्रस्तावलाई परिमार्जन गर्न दुबै पक्ष सहमत

pm-morcha-congress-1060x405काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच आज भएको वार्ता सकारात्मक मोडमा पुगेको छ । वैठकमा ठोस प्रगति केही भएको छैन । दुवै पक्षले आ–आफ्ना कुरा राखेका छन् र सरकारले दर्ता गराएको संशोधन विद्येयकमा थप परिमार्जन गर्न सकिने विकल्पमाथि छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्तावसँगै स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् । तर, मोर्चका नेताहरुले अहिलेकै प्रस्तावमा चुनावमा जान नसकिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधवार बसेको चार दलको वैठकमा पनि स्थानीय तहको चुनावमा जान प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मधेसी मोर्चासहित सत्तारुढ दलका नेताहरूको बैठकमा संविधान संशोधन प्रस्तावका विषयमा छलफल भएको हो । संशोधन प्रस्तावको विरोध भइरहेका बेला सत्तारुढ दल र मधेसी मोर्चावीच गम्भीर छलफल भएको छ । छलफलमा अहिलेको संशोधन प्रस्तावलाई परिमार्जनसहित अगाडि बढाउने भन्ने विषयमा दुबै पक्ष लचकताका साथ प्रस्तुत भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । ‘आजको बैठक सकारात्मकतिर गएको हामीले पाएका छौं’,   उनले भने, ‘धेरै कुरामा सकारात्मक कुरा भए पनि संशोन प्रस्तावलाई थप परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सत्तारुढ दलहरू लचकताका साथ प्रस्तुत भएको पायौँ ।’

बैठकमा प्रधानमन्त्री दाहालले धेरै नकारात्मक रुपमा प्रस्तुत नहुन मधेसी मोर्चालाई आग्रह गर्नुभएको थियो । जवाफमा मधेसी मोर्चाले यथाअवस्थामा संशोधन प्रस्तावलाई समर्थन गर्न नसकिने भएकाले आलोचना गर्न बाध्य भएको जनाएको छ । दाहालले मधेसी मोर्चाका नेताहरूलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेसी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’

प्रधानमन्त्रीले भने

–अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’

वैठकपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने

–सरकारले तराई–मधेशका माग सम्बोधन गर्ने गरी संविधानले संशोधन प्रस्ताव दर्ता गरेको छैन ।
संविधानमा भएका कमीकमजोरी सच्चाउनका लागि संशोधन खोजिएको हो । यो कुरा प्रस्तावले सम्बोधन गर्न सकेन ।
–हामीले यही कुरा सरकारलाई जानकारी गरायौँ ।
–बसेर परिमार्जन गरेर ल्याउन भनेका छौँ ।
–स्वीकार्यता लागि संशोधनका कुरा भएको हो । मधेशी, आदीवासी, थारु सवैले सवैले मेरो संविधान भनुन भनेको हो ।
–संघीयता, समावेशीता कुरा हल गरौँ भनेको हो । अहिलेको प्रस्तावले यो सम्बोधन हुँदेन ।
–यो कुरा हल नभएसम्म चुनाव हुँदैन भन्यौँ ।

वैठक पछि माओवादी नेता बर्षमान पुनले भने
–संसोधन प्रस्ताव दर्ता भएपछि मोर्चाको धारणा बुझ्न खोजेका हौँ ।
–प्रधानमन्त्रीले तपाईहरुको माग सम्बोधन गर्न प्रस्ताव ल्याएको हो भन्नुभयो ।
–प्रधानमन्त्रीले सवै माग सरकारले पुरा गर्न सक्ने नरहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
–अहिले आएको प्रस्ताव स्वीकार गर्नुस्, समर्थन गर्नुस र यसमा आबश्यक थप परिमार्जन गर्न सकिन्छ भनिएको छ ।
–सरकारले ल्याएको कुरालाई सकरात्मक मान्नुस भनिएको छ ।
–उहाँहरुले मागेजस्त भएन भन्नुभयो ।
–अझै परिमार्जन गरोस भन्ने आग्रह थियो ।
–जे होस्, सकरात्म कुरा भएको छ ।
–संविधान संशोधन प्रस्ताव र निर्वाचन अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ ।

 

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्