Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Pranab-Mukherjee

काठमाडौं । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय र चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  बैठकले थाङकोट– चित्लाङ सडकमार्ग स्तरोन्नोति गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले घरेलु तथा साना उद्योग विकास समतिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेकाे छ । भारतीय राष्ट्रपतिले यही कात्तिक १७ गतेदेखि नेपाल भ्रमण गर्दैछन् । सरकारको निर्णयअनुसार १७ गते सार्वजनिक बिदा हुनेछ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे भने टुंगो लागेकाे छैन । प्रधानमन्त्री प्रचण्डसँग भारतको गोवामा भएको भेटमा सीले यसवर्ष आफू नेपाल आउन नभ्याउने र अर्को वर्ष पक्का आउने आवस्वासन दिएका थिए ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्