Logo
२२ बैशाख २०८१, शनिबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा महाअभियोगबारे निर्णय गर्ने जिम्मा संसदीय दललाई

n-congress

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे निर्णय गर्ने अधिकार संसदीय दललाई दिएको छ । बिहीबारदेखि सुरु भएको बैठकमा महाअभियोगबारे छलफल भएपनि नेताहरुले कुनै निर्णय नै नगरी बैठक सक्न खोजेको थिए । बैठकको समापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बृहत छलफल आवश्यक रहेको र लोकमानमाथि लागेको अभियोग प्रमाणित हुनु पर्ने बताए ।

लगतै नेताहरुले बाहिर आएर बैठकले महाअभियोगबारे मतदानको समयमा मात्र खुल्ने बताएका थिए । तर, महाअभियोगको पक्षमा रहेका नेताहरुले दबाव दिएपछि संसदीय दललाई जिम्मा दिइएको छ । बैठकमा केन्द्रीय सदस्य गगन थापाले बैठकमा हतारमा निर्णय गर्नु हुन्न भन्नेसँगै महअभियोगको पक्षमा उभिनुपर्छ भन्ने आफूहरुको मत रहेको स्मरण गराए ।

थापाले तत्काल संसदीय बैठक बोलाउन समते माग गरेका छन् । कांग्रेसले यो संसदको विशेषाधिकार भएको भन्दै उसबारे संसदीय दलमा निर्णय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्