Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशलाई खुशी पार्न सकेसम्म लचिलो बन्न माओवादीको तयारी !

maoist-kendriya-karyala-meeting-

काठमाडौं, ४ असोज । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मधेसी, थारूलगायतले उठाउँदै आएका सीमांकनलगायतका मुद्दामा लचिलो बनेर संविधान संशोधनको सहमति जुटाउनेमा तिब्रता पदएका छन ।   कतिसम्म लचिलो बन्न सकिन्छ भन्नेबारे उनले पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् । मंगलबार बिहान बस्ने केन्द्रीय कार्यालय बैठकमा यसबारे थप छलफल हुँदै छ ।

सीमांकनबारे दलहरूबीच विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला कता रहने भन्ने विषयमा ‘संघीय आयोग’ बनाएर आयोगले दिएको प्रतिवेदनका आधारमा टुंग्याउनेबारे माओवादीमा छलफल चलेको छ । ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा समेट्ने गरी संशोधन गर्न सकिने धारणा पनि माओवादीको रहेको स्रोतको भनाइ रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संविधानअनुसार ६५ सदस्यीय राष्ट्रिय सभा गठन हुँदा अहिले संविधानमा उल्लेखित प्रत्येक प्रदेशबाट आठ सदस्य प्रतिनिधित्व हुने व्यवस्थामा केही लचिलो बन्न सकिनेमा माओवादी छ । यसो गर्दा प्रत्येक प्रदेशबाट तीनजनाका दरले प्रतिनिधित्वको व्यवस्था गर्ने र अन्य संख्यामा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन सकिनेमा माओवादी छ ।

अहिले संविधानमा वैवाहिक अंगीकृत नागरिकता संघीय कानुनअनुसार दिन सकिने उल्लेख छ । यसमा अन्तरिम संविधानमा उल्लेखित ‘प्रचलित कानुन’अनुसार दिइने गरी संशोधन गर्न सकिने धारणा माओवादीको छ । भाषाका विषयमा भने भाषा आयोग बनाएपछि मोर्चाको माग सम्बोधन हुँदै गएको र विवाद कम भएको माओवादी बुझाइ छ ।

प्रकाशित मिति: Sep 20, 2016

प्रतिक्रिया दिनुहोस्