Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षसहित पदाधिकारी निर्विरोध निर्वाचित, सदस्यमा कडा प्रतिष्पर्घा

inaruwa-news

इनरुवा । उद्योग बाणिज्य संघ इनरुवाको नयाँ नेतृत्वकोलागि अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको छ । बुधवार विहान ५ बजेदेखि १२ बजेसम्मको मनोनयन दर्ताको समयमा पदाधिकारीमा एक एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्वाचित भएका हुन । निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्ष पदमा पञ्चदेब मेहता, उपाध्यक्ष पदमा केदार ओझा, सचिवमा गिरीराज अटल, सहसचिवमा रोसन खड्का र कोषाध्यक्षमा रमेश श्रेष्ठ रहेका छन ।

निर्विरोध निर्वाचित प्यानलको विपक्षमा उम्मेदवारी दिनेगरी लामो समयदेखि तयारी गरिरहेका योगेन्द्रप्रसाद मेहता, प्रमोद आचार्य र सुकदेब मेहताको टिमले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेपछि पञ्चदेब समूहका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन । उम्मेदवारी नदिएको समूहले प्रतिष्पर्घामा जाँदा कुनै एक समूहको बहुमत नआउने स्थिति रहेको र त्यो अवस्थामा कसैले पनि आफ्नो योजना अनुसार काम गर्न नसक्ने स्थिति देखिएकोले आफहरुले एक समूहलाई आफ्नो योजनाअनुसार काम गर्न दिने बातावरण निर्माण गर्न उम्मेदवारी नदिएको अपिल प्रकाशित गरेर स्पष्ट पारेको थियो ।

पदाधिकारी सर्वसम्मत भएपनि सदस्य पदमा भने तिब्र प्रतिष्पर्घा देखिएको छ । १० सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा मनोज शर्मा, शिबकुमार यादव, पंकजकुमार भगत, अशोककुमार पोद्दार, मनोजकुमार जैन, रामकुमार मेहता, चन्द्रप्रसाद रिजाल, रियाज आलम, जुनु रावली, त्रिलोकचन्द्र गुप्ता, राजेश मेहता, बुधनारायण महतो, सुरेन्द्रकुमार साह, ,लालबहादुर श्रेष्ठ, कृष्णप्रसाद मेहता, मो. फिरोज आलम,सीताराम पाठक, चिरिञ्जिबी बस्नेत, इसा अन्सारी, गौतम झा, महेश पन्त रहेका छन ।

मनोनयन दर्ता गराएका बिनोद खनाल, दिब्यराज पोखरेल, विनोदकुमार अटल, ओमप्रकास बस्नेत र दिगम्बर स्वर्णकारले उम्मेदवारी फिर्ता लिएका थिए । स्रोतका अनुसार पञ्चदेब समूहको टिममा नपरेको र आफू आफू समर्थक रहेको पार्टीबाट दवाव आएपछि अन्तिम समयमा आएर फिर्ता लिएका हुन । सो समूहमा मनोजकुमार जैन, रामकुमार मेहता, चन्द्रप्रसाद रिजाल,, रियाज आलम, जुनु रावली, त्रिलोकचन्द्र गुप्ता, राजेश मेहता, बुधनारायण महतो, सुरेन्द्रकुमार साह र लालबहादुर श्रेष्ठमात्रै अटाएपछि पाँच जनाले अन्तिम समयमा फिर्ता लिएका हुन ।

अर्को तर्फ पञ्चदेब समूहलाई चुनौति दिदै इनरुवाका स्वतन्त्र यूवा उद्योगी ब्यवसायीहरुले सदस्यहरुको अलग्गै प्यानल बनाएका छन । उनीहरुले बाणिज्य संघलाई सर्वसम्मतिको नाममा बन्धक बनाएर नेतृत्व विकासलाई अबरुद्ध गर्न खोजेकोले आफूहरु उम्मेदवार बन्नु परेको दावी गरेका छन । जसमा पंकजकुमार भगत, शिबकुमार यादव (शिबु), मनोजकुमार शर्मा, गौतम झा, अशोककुमार पोद्दार, मो. फिरोज आलम, सीताराम पाठक, चिरिञ्जिबी बस्नेत, इसा अन्सारी, कृष्णप्रसाद मेहता र महेश पन्त रहेका छन ।
सदस्य पदको लागि आगामि भदौ २५ गते मतदान हुने छ । संघमा १३६५ मतदाता सदस्यहरु रहेका छन ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्