Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र भारतबाट एक अर्ब १६ करोडको चुइगम नेपाल भित्रिदै !

Chuigam

काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन ।भन्सार विभाग, त्रिपुरेश्वरले ९आव २०७२-०७३० मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २१ देशबाट चकलेट र १० देशबाट तयारी चुइगम आयात भएको उल्लेख छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र रु एक अर्ब ८४ करोड ७८ लाख सात हजारको चुइगम आयात भएको छ । मुख्यतया कृषिबाट प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने चकलेट र चुइगमको आयात प्रतिस्थापन गर्न लगानी मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने धारणा चकलेट व्यवसायी दिलीप श्रेष्ठको छ ।

नेपालमा भगवती, काव्रा, सुजल, क्वालिटीलगायताका दर्जनौ चकलेट तथा चुइगम उद्योग छन् । तर, आयात प्रतिस्थापन हुन नसक्नुको मुख्य कारण गुणस्तरीय चकलेट उत्पादन हुन नसक्नु नै हो, चकलेट व्यवसायी गणेश भण्डारीले बताए । नेपालले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि स्वदेशमा विदेश निर्मित चकलेटको आयात बढेको तथ्याङ्क छ, भन्दै अन्नपुर्ण पोष्टमा समाचार छ ।

त्यसोत कच्चा पदार्थको आयातमा भन्सार छुट नहुन, विद्युत् तथा जनशक्तिको थप समस्याले समेत चकलेट तथा चुइगमको आयात प्रतिस्थापन हुन नसकेको व्यवसायीको गुनासो छ । त्यसैगरी, बङ्गलादेशबाट रु ८१ करोड ६५ लाख १५ हजार, चीनबाट रु ५३ करोड २७ लाख ३७ हजार, साउदी अरबबाट रु आठ करोड ७८ लाख ३४ हजार, मलेसियाबाट रु ६ करोड ९३ लाख ९३ हजार, टर्कीबाट पाँच करोड ३७ लाख ५५ हजार, थाइल्यान्डबाट चार करोड ५७ लाख ३८ हजार, गणतन्त्र कोरियाबाट चार करोड ४४ लाख २३ हजार, ओमनबाट एक करोड ७१ लाख ८३ हजार, बेलायतबाट एक करोड ३५ लाख ३६ हजार, मोरोक्कोबाट ६९ लाख २५ हजार र कुवेतबाट ६५ लाख ३३ हजारको चकलेट आयात भएको छ ।

त्यसैगरी, अन्यमूलुक इन्डोनोसियाबाट ५० लाख ८३ हजार, जर्मनीबाट ६ लाख ९१ हजार, बेलायत र स्वीजरल्यान्डबाट पाँच लाख ७७ हजार, मेक्सिकोवाट चार लाख ६५ हजार, नेदरल्यान्डस एक लाख ७५ हजार, इटली एक लाख ३२ हजार, फ्रान्सबाट ९८ हजार र सिङ्गापुरबाट २५ हजारको चकलेट आयात भएको छ ।

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्