Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिद राधिका देवीसँग सरकारी अन्याय किन ? भिडियो रिर्पोट सहित

Sarij Ray
सरोज राय, 

यसै साता सरकारद्वारा तेस्रो मधेश आन्दोलनमा मारिएका मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ । केही साताअघि संयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनको क्रममा मारिएका ६१ जनाको नाम सहिद घोषणाका लागि सरकारलाई सिफारिश गरेको थियो । जसमध्ये सरकारले सुर्खेतसहितका आन्दोलनमा मारिएका ४१ जना आन्दोलनकारी र १० जना सुक्षाकर्मीलाई सहिद धोषणा गरेको छ ।

तर सरकारले निर्णय गरेको सूचीमा सर्लाहीकी सहिद राधिका देवी दासको नाम परेको छैन । जसप्रति समग्र मधेशी समुदायले घोर आपत्ति प्रकट गर्दैछ । आखिर सरकारबाट यति ठूलो गल्ति कसरी भयो त ? के छानबिन अपुरो हो कि अन्य कुनै कारण छ ? सहिद र उनका परिवारसँग अन्याय हुनु भएन ।

ओली सरकारको पालोमा सरकारद्वारा सार्वजनिक गरिएको सूची मध्ये धेरै जसो सहिद परिवारले १० लाख पाइसकेका छन् । अहिले प्रचण्ड सरकारको पालामा सहिद परिवारको नाममा निकाशा हुन लागेको रकम पुनः बाँड्ने हो कि ! के गर्ने हो बुझ्न कठिन भएको छ । मधेशी मोर्चाले ओली सरकारकै अवधिमा ३७ जनाको नाम शहिद घोषणा गर्नका लागि तयार पारेका थिए । तर राधिका देवी आजसम्म न त सहिद घोषणा भए न त उनका परिवारले कुनै क्षतिपुर्ति पाए ।

Radhika_devi_das२०७२ मंसिर १९ गते सर्लाहीको नवलपुरमा प्रहरीको कारवाहीमा मारिएकी राधिका देवीलाई सहिद घोषणा गर्न मधेशी मोर्चाले तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापन पत्र दिएका थिए । काफ्लेको सहिद घोषणा गर्ने प्रतिबद्धता जनाए पछि मात्र राधिका देवीको अन्तिम संस्कार गरिएको थियो । स्व.राधिका देवीका श्रीमानको मानसिक स्थिति ठिक छैन । उनका तीन छोरी र एक १२ वर्षीय छोरा छन् । जसमध्ये दुई छोरीको विवाह भइसकेको छ र अहिले परिवारको सम्पूर्ण जिम्मेवारी १७ वर्षीया कान्छी छोरी शिवकुमारी दासको काँधमा परेको छ । उनको परिवारको दैनिक गुजारा सहयोगबाट नै भइरहेको छ ।

शिवकुमारीलाई आत्मनिर्भर बनाउन हामीले उनलाई सिलाई तालिम गराएर आषाढ ३१ गते एउटा सिलाई मेशिन उपलब्ध गरायौं । उनका सानो भाईलाई पनि जनकपुरको ‘नाबेल इल्ङ्गिस बोर्डिंग स्कुल’मा कक्षा १२ सम्म निःशुल्क पढाउने जिम्मेबारी लिएर भर्नासमेत गराए तर दुरभाग्यबस तीन पटक स्कुलबाट भागेपछि अहिले गाउँ मै बसेका छन् । यति मात्र होइन, राधिका देवीको परिवारको दैनिक खर्चको लागि ‘हेल्प मधेशी कतार’ संस्थाको सहयोगमा मासिक रु ८ हजार उपलब्ध गराईदै आइएको छ ।

राधिका देवीलाई सहिद घोषणा गर्न राज्यले चुक्नु हुँदैन । उनीसहित अन्य वास्तविक सहिदलाई पनि राज्यले सम्मान दिनु पर्छ र दश लाख रुपैंया दिएर राज्य पंछिन पाउँदैन । सहिद परिवारको लालनपालन र गुजारा गराउने जिम्मेबारी पनि नेपाल सरकारकै हो । मधेशी मोर्चाले पनि राधिका देवीलाई नजरअन्दाज गर्नु हुँदैन । र, समाजले राधिका देवीको परिवारको रेखदेख गर्ने जिम्मबारी लिनु पर्छ । लेखक राय विभिन्न समाजिक अभियानमा लागेका हुन् ।

स्व.राधिका देवीका सम्बन्धमा जनकपुरधामबाट संचालित अप्पन टिभीले प्रशारण गरेको एक रिपोर्ट :

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्