Logo
१५ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण कार्य तिब्रगतिमा थाल्न भारतीय मन्त्रीको निर्देशन !

raksaul_amlekhgunj

काठमाण्डौ । भारतिय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले पाइपलाइन निर्माण कार्य तिब्रगतिमा थाल्न अधिकारीहरुलाई निर्देशन दिएका छन । रक्सौल–अमलेखगन्ज नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्भौतामा हस्ताक्षर गर्ने भारतीय मन्त्रीले नै उक्त आयोजना निर्माणमा चासो देखाएका हुन ।

भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त योजनाको सम्झौत पत्रमा हस्ताक्षर गरेका भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले निर्देशन दिएका हुन् । भारतिय पत्रिका चौथी दुनियाँमा समाचार छ ।

भारततको केन्द्र सरकारको मन्त्रीस्तरीय भ्रमण टोलीमा सामेल भई विहारको पूर्वी चम्पारण जिल्ला भ्रमणका क्रममा मन्त्री प्रधानले उक्त पाइपलाईन निर्माण भारत सरकारको प्राथमिकतामा रहेको भन्दै निर्माण कार्य अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका हुन्।

प्रधान गत आइतबार सीमावर्ती पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकै एक योजनासम्बन्धी औपचारिक कार्यक्रममा सहभागित हुन आएका थिए। उनीसँगै मोदी सरकारमा प्रभावशाली मानिने केन्द्रीय कृषी मन्त्री राधामोहन सिंह सामेल थिए।

प्रधानले स्थानीय अधिकारीहरुलाई पाइपलाइन योजनामा सहजीकरण गर्न समेत निर्देशन दिइएको स्रोतले बताएको छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाली पक्षले सो पाइपलाइन निर्माणका लागि आग्रह गरेको थियो । उक्त पाइपलाइन निर्माण सम्बन्धी सम्झौता पत्रमा गत भदौ ७ गते भारतका तर्फबाट मन्त्री प्रधानले नै र नेपालतर्फबाट तत्कालिन वाणिज्य मन्त्री सुनिलबहादुर थापाले हस्ताक्षर गरेका थिए।

भारतर्फ २ किलोमिटर र नेपालतर्फ ३९ किलोमिटर पर्ने उक्त पाइपलाइन निर्माणको लागत ४ अर्ब ४० करोड रुपैपा प्रारम्भिक रुपमा आँकलन गरिएको छ । लागतमध्ये भारतले रु. ३ अर्ब २० करोड र नेपालले १ अर्ब २० करोड लगानी गर्ने सम्झौता छ ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्