Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको जवाफः ओली सरकार ढाल्नमा हाम्रो कुनै संलग्नता छैन्

Vikash Sawroop

काठमाण्डौ  । भारत नेपालको राजनीतिमा पर्ख र हेरको नीतिमा अगाडि बढाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न आफ्नो कुनै पनि संलग्नता नभएको भारतले जनाएको समाचार छ ।

नेपालमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारतको हात छ भनी प्रधानमन्त्री ओलीले आज अभिव्यक्ति प्रति लक्षित गर्दै भारतले यसो भनेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले त्यस्तो कुराको पुरै इन्कार गरेको जनाएका छन् ।

नियमित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, मैले त्यस्तो अभिव्यक्ति दिएको पाएको छैन । व्यस्तो अभिव्यक्ति दिएको भए हामी त्यसलाई ठाडै अस्वीकार गछौ ।

भारतले नेपालमा पछिल्लो पटक भइरहेको घटनामक्रमलाई नेपालको आन्तरिक मामिला भन्दै यस विषयमा कुनै औपचारिक प्रतिक्रिया नदिने पनि बताएको छ ।

भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नयाँ सरकार गठन भएसँगै नेपाल-भारतबीचको सम्बन्ध सुधार हुने बताएका छन् । अब राम्रो संबन्ध हुने उनको तर्क थियो, तर पर्ख र हेरको नीतिमा छ उनले थपे ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्