Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार ढाल्ने की यथावत राख्ने ! निर्णय लिन प्रचण्डलाई जिम्मा

Maosit_CC_Meeting-1
काठमाडौं । सरकारको बारेमा निर्णय गर्न सम्पूर्ण अधिकार नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ । सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले प्रचण्डलाई सो जिम्मा दिएको हो ।

नेता मात्रिका यादवले सरकारबाट बाहिरिने विषयमा भने उनले यसबारे तत्कालै कुनै निर्णय नभएको र पार्टीले अझै दलहरुबीच सहमतिका लागि पहल गर्ने निर्णय भएको बताए । यसअघि माओवादी मन्त्री फेरबदलको कुरा उठे पनि अहिले मन्त्रीहरुको हेरफेरभन्दा पनि राष्ट्रिय सहमति पार्टीको मुख्य एजेन्डा भएको यादवले जानकारी दिए ।

यसअघि हिजो बसेको केन्द्रीय कार्यालयकै बैठकले नेकपा एमालेसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । यसअन्तरगत माओवादीसँग भएको ९ बुँदे सहमति र भद्र सहमति कार्यान्वयनको बारेमा एमालेसँग धारणा माग्ने र सरकारमा बस्ने वा नबस्ने बारे निर्णय लिने बताइएको थियो ।

माओवादी बैठकपछि आइतबार साँझ सत्ता गठबन्धनको समेत बैठक बसेको थियो । बैठकमा माओवादीसँग भएको सहमतिको विषयमा छलफल भएको थियो । हिजोको बैठकमा प्रचण्डले भद्र सहमति गर्ने एमाले भद्र नभएको र शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्याउने, पुनर्निर्माणलाई तिव्रता दिने, मधेशको समस्या हल गर्ने विषयमा उदासिन भएको कुरा राखेका थिए ।

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्