Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको मुर्ति हटाएर देबकोटाको मुर्ति राख्ने निर्णयपछि चौतर्फी विरोध

Bhairahawa

रुपन्देही । रुपन्देही स्थित भैरहवाको सिद्धार्थ चौकबाट गौतम बुद्धको मुर्ति हटाएर महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुर्ति राख्ने निर्णय गरिए पछि चौतर्फी बिवाद सुरु भएको छ । पञ्चायतकालदेखि नै रहेको बुद्धको उक्त मुर्तिलाई गैरमधेशवादी राजनीतिक दलहरुको पहलमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हटाउने निर्णय गरेको हो ।

उक्त निर्णयको विरोध लुम्बिनी विकास कोष र केहि बौद्धर्धमसंग सम्बन्धित संघसंस्थाहरुले गरेका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष सिदार्थ महर्जनले बुद्ध जन्मेको पवित्र स्थालमा रहेको बुद्धका मुर्तिहरु स्थानतन्रणको नाममा कोषलाई जानकारी नगराई हटाउनु आपत्तिजनक रहको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय रुपमा बुद्धको केन्द्र लुम्बिनी आसपासमा रहेका कुनैपनि सम्पदालाई तलमाथि गर्नु उचित नुहने भन्दै विरोध गरे । विरोध भएपनि प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले कुनै विवाद नरहेको दावी गर्दै देबकोटाको मुर्ति राखिने बताए ।

यसअघि मुर्ति भएको चोकको नाम सिदार्थ चोक भएपनि नगरपालिकाले दुई वर्ष अघिमात्र देवकोटा चोक भनेर नाम फेरेको स्थानीयबासीहरुले बताएका छन् ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्