Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्रम भित्र यस्तो बिभेद: बृद्ध महिलालाई मानसिक असुन्तलन भएको भन्दै हेलचेक्र्याईँ

44बिराटनगर । मोरङ्गको बिराटनगर १३ स्थित बिराटेश्वर बृद्धा आश्रममा एक बृद्ध महिलालाई मानसिक असुन्तलन भएको भन्दै हेलचेक्र्याईँ गरिएको छ ।

बिगत लामो समयदेखी आश्रमले ति महिलालाई आश्रम पछाडिको भागमा चौपाय झै आहलमा डुबेको कटेरो भित्र राखेका छन । पानी पर्दा समेत छेक्न नसक्ने टिनले अस्थाई रुपमा छाएको सानो कटेरोमा उनलाई पशु झै व्यवहार गरिएको हो ।

६०–६५ बर्ष देखिने ति महिलाको शरिरमा कुनै कपडा समेत छैन । बस्नलाई सामान्य एउटा चकटी बाहेक केही दिएको छैन । आश्रमले ति महिलाको मनसिक असुन्तलन भएको भन्दै बृद्धबृद्धाको समुहबाट अलग राखेको छ ।

पानी जमेर आसपास पुरै जलमग्न छ । स्थानीयका अनुसार आश्रमले दुई तीन दिनमा एक पटक मात्र खाना दिने गरेको छ । आश्रमको यस्तो व्यवहारले स्थानीयहरु आक्रोशित छन् ।

‘हामीले धेरै पटक आश्रमलाई ति महिलाको अबस्थाको बारेमा जानकारी गरायौ, तर चासो भएन’ स्थानीय हेम कुमार सुवेदीले भने । सुवेदी भन्छन्, ‘मानसिक बिरामी भए उपचार गर्न लान समेत हामीले सुझाव दिर्यौ, तर ति महिलाको हालत दिन प्रतिदिन खराब हँुदै छ ।

पशु झै व्यवहार भएको छ ।’ सोही आश्रम छेउमा रहेको एक सरकारी कार्यालयका कर्मचारी नारायण बास्तोलाले आश्रमको नाममा बाहिरबाट करोडौका सहयोग आउने आश्रम भित्रको यस्तो चरम लापरबार्हिले कमाउ धन्दा मात्र भएको आरोप लगाए ।

‘ति महिला पनि कसैको आमा होलिन, साहरा नपाएर बृद्ध आश्रमलाई सहारा मान्ने बृद्धबृद्धाको हालत भने यस्तो देखिएको बताउदै सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ उनले भने ।

‘पानी परेको बेला ति बृद्ध महिला सधै भिजेको देख्छाँै, यस्ता लापरबार्हि गर्ने आश्रमलाई कडा कारबाही गर्नेु पर्छ’ बास्तोताले भने । बिराटेश्वर बृद्धा आश्रम बिराटनगरका अध्यक्षमा जगत अर्याल नाम रहेको छ । आश्रम प्रशासनको प्रतिक्रिया आउन वाँकी छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्