Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः सरकारले लकडाउन ६ चरणमा खुकुलो बनाउँदै खोल्ने तयारी

अहिलेको बर्तमान समयमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको थियो तर अहिले जनताको विरोध हुन थालेपछि अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ ।

यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको छ ।कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ ।

जुन १ असारबाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिनेछ ।

लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो ।

पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् ।

दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ ।

सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।

तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ ।

शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिीय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।
पाचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ ।

पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।

छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ ।

कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैर्लिएमा उक्त क्षेत्रलाई शिल्ड गर्ने गरी प्रस्ताव तयार भएको छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्