Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगलले नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा राख्यो

लिपुलेकको नाममा नेपालमा विभिन्न बहसहरु भईरकोबेला ईन्टरनेट सर्च इन्जिन गुगलले नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा देखाएको छ ।

गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन/वेब) हो ।

यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

विश्वको सर्बोच्च शिखर सगरमाथा जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पुर्णरुपमा नै नेपाली भु–भागमा रहेको छ ।

यसको उचाई ८८४८ (आठ हजार आठ सय अड्चालिस) मिटर रहेको छ । तर विडम्बना अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चिनमा पुर्याएको छ ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्