Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा रहेका नेपालीलाई आफ्नो विवरण फारम भर्न दूतावासको आग्रह

पछिल्लो समयमा कोरोना भाइरसको विश्वभरी माहामारीको रुपलिइ फैलिरहेको बेला मलेसियाा रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । त्यसमा दिइएका सबै विवरणहरु नछुटाएर भर्न र अन्तिममा सबमिट बटनमा थिच्न दूतावासको अनुरोध छ ।

यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यस विवरणले अवैधानिक भएकाहरुको तथ्यांक बुझ्न पनि सहयोग मिल्ने दूतावासले जनाएको छ ।

विवरण भर्नको लागि तलदिएको लिंकमा क्लिक गर्नुहोस्

https://docs.google.com/forms/d/e/1FAIpQLSeNKcqXkbgUQIO7J_gMBaeFPGJW8wEa1fnsbbdFNcEwWawfsA/viewform

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्