Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन माग

पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कानुनी कारबाही गर्न तथा नियन्त्रित सञ्चार सामाग्रीहरुको उचित भरपाई गर्न गराउन नेपाल पत्रकार महासंघ सुनसरीले माग गरेको छ ।

माहासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन वुधवार पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखसँग माग गरेका हुन् ।

स्मार्ट २४ अनलाईन र वर्णमाला दैनिक आबद्ध पत्रकार प्रेस संगठन नेपाल सुनसरी सदस्य नसिम अन्सारीमाथि बैशाख १६ गते मंगलबार समाचार सङ्कलनका क्रममा भएको दुव्र्यवहार साथै सञ्चार साधन खोसिएको गालीगलौज र धम्कि दिएको थियो ।

सहभागिहरु अमर खड्का, राजन केडी, कानून व्यवसायीहरु सुमनचन्द्र कार्की, पत्रकारहरु शालिग्राम पाण्डे, अजित झा, मिकाइल आलमलगायत पत्रकारहरुले आग्रह गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख यज्ञविनोद पोखरेलले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउने र दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्