Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय विकास कोषको रकम कोरोना रोकथाममा प्रयोग गर्न राजेन्द्र महतोको माग

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य  राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न सरकारसँग माग गरेका छन् ।

सांसद महतोले आइतबार एक विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न माग गरेका हुन् ।

उनले अहिलेको पिडादायी र प्रलयकारी अवस्थामा संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रहेको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा स्थानीय तह र वडामार्फत सर्वदलीय संयन्त्र बनाई द्रूत गतिमा राहत र कोरोना विरुद्धको संघर्षमा खर्च गर्न तत्काल नियम कानुन संसोधन गरि अबिलम्ब आवश्यक व्यबस्था गर्न केन्द्रीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

साथै प्रादेशिक सरकार र पालिकाहरुले मानवीय रुपमा संवेदनशील भई संक्रमण नियन्त्रण, कोरेन्टाइनको सुव्यवस्थित संचालन र राहतको कार्य दृढताका साथ गर्न महतोले आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्षहरुको संसदीय बजेटलाई स्वास्थ, कृषि र कोरोना विरुद्धको संघर्षमा सरकारले प्रयोग गर्ने गरि आवश्यक नीति योजना बनाउन समेत आग्रह गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीले पूरा विश्व नै स्थिर भएको छ । आजसम्म एक लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १७ लाख भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् । केही संक्रमितहरु उपचारत छन्, उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत महतोले गरेका छन् ।

‘यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पूर्णरूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानबिय सबेदनहिनता को कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिन र पिडित नागरिकहरुलाई राहत बितरणको कार्य सचारु रुपले संचालन हुन नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो ।’

महतोले विज्ञप्तिमा भनेका छन् । सरकारले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, विपन्न र गरिबहरुलाई स्थानीय तह मार्फत दिने राहत र सहयोग पुर्याउने कुरा घोषणामा मात्र सिमित देखिएको उनको गुनासो छ ।

उनले विज्ञप्तिमा भनेका छन्, स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ सामग्रीहरु आवश्यक मात्रामा आजको दिनसम्म पनि व्यवस्था गर्म नसक्नुले पनि यो सरकारको काम गर्ने शैली बुझ्न सकिन्छ ।’

संकटको यस बेलामा सीमित स्रोतसाधनको बाबजुद पनि आफ्नो कर्तब्य पालन गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, पत्रकार, समाजसेबी संघ संस्था लगायत राजनीतिकर्मीहरुलाई महतोले धन्यबाद दिएका छन् ।

विज्ञप्ति : 

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्