Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

अहिलेको बर्तमान समयमा विश्वभरी फैलिरहेको कोरोना भाइरसको कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।बोरिसमा १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएदेखि नै जोन्सन आइसोलेसनमा बसेका थिए । आइसोलेसनमै भए पनि उनले मन्त्रिपरिषद बैठक बसाल्दै आएका थिए

कोरोना भाइरसको संक्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

बेलायतमा ४७ हजार ८ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म ४ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्