Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रास : आजदेखि धनगढीका बजार पूर्ण रुपमा बन्द

अहिले विश्नमुलुक नै कोरोना आतंकसित युद्ध गरिरहेको अवस्थामा नेपामा पनि कोरोना संक्रमित बढ्दोक्रमा रहेको छ । सो कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि सुदुरपश्चिम प्रदेश स्थित कैलालीको धनगढी बजारमा अस्पताल बाहेक सबै क्षेत्र पूर्ण रुपमा बन्द भएका छन् ।

आज बजारमा कुनै पनि पसल खुलेका छैनन् । धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो ।

यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्