Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनलाई खुकुलो बनाउने संघीय सरकारको अघोषित निर्णय!

संघीय सरकारले लकडाउनबारे दोहोरो अर्थ लाग्नेगरी निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने निर्णय गरेको हो।

यद्यपि एक घरबाट अर्को घरमा जाने अवस्था नरहेको मानिने लकडाउनमा एक पालिकाबाट अर्को पालिका, जिल्ला र प्रदेशमा आवत-जावत रोक्ने निर्णयको औचित्यबारे प्रश्न समेत उठ्न थालिएको छ ।

एक पालिकाबाट अर्को पालिकामा प्रतिबन्ध लगाउने निर्णयको अर्थ पालिकाभरी निर्वाध रूपमा घुम्न पाउने समेत बुझिने भन्दै समाजिक संजालमा उक्त निर्णयको आलोचना हुन थालिएको हो ।

संघीय सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले अब एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवगमन नियन्त्रित गर्ने जानकारी गराएका हुन्।

यसका लागि प्रदेश सरकार र स्थानीय सरकार र सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्न भनिएको छ। यस्तै सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीकाई सुरक्षा कवज यथाशिघ्र उपलब्ध गराउने पनि निर्णय गरेको छ।

साथै स्वास्थ्यकर्मीको काम र सुरक्षामा खलल पुर्याउने कसैलाई पनि कानुन बमोजिम कारवाही गर्ने भनिएको छ।

सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायत अन्यलाई प्रोत्साहन गर्न ५० देखि १०० प्रतिशत भत्ताको व्यवस्था गरेको छ।

प्रकाशित मिति: Apr 4, 2020

प्रतिक्रिया दिनुहोस्