Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाका विरामी बढ्दोक्रम, एकै दिन २३ जनाको मृत्यु

अहिलेको समयमा कोरोना भाइसले विश्वभरिनै माहामारी फैलिरहेको अवस्थामा हाम्रो छिमेकी मुलुक भारतमा पनि कोरोना बिस्तारै महामारीको रुप लिनेक्रम बढ्दो रहेको छ ।

। बुधबार मात्रै भारतमा ६ सय १ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । बुधबार नै संक्रमित भएका मध्ये २३ जनाको मृत्यु भएको छ ।

यस सँगै भारतमा कुल संक्रमितको संख्या २ हजार नजिक पुगेको बताइएको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोनाबाट ५८ जनाको मृत्यु भइसकेको छ ।

भारतको युनियन स्वास्थ्य मन्त्रालयले भने कुल संक्रमितको संख्या १६ सय ३७ मात्रै रहेको बताएको छ । भारतमा अचानक कोरोना संक्रमितको संख्या वृद्धि हुनुमा मध्य मार्चमा तबलीगी जमातको ठूलो भेला जिम्मेवार रहेको बताइएको छ, जहाँ हजारौं मुस्लिम समुदायका मानिस भेला भएका थिए ।

दिल्लीको निजामुद्दिनस्थित मर्काज मस्जिदमा भएको सो सभामा नेपाल, इन्डोनेसिया, मलेसियालगायत देशका सहभागी रहेको बताइएको छ ।

६ हजार भन्दा बढी सहभागी रहेको भनिएको सो भेलाका सहभागीलाई खोजेर परीक्षण गर्न थालिएसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । उक्त भेलामा सहभागी भएका तमिलनाडुका मात्रै १ सय १० जनामा तथा दिल्लीका ५३ जनामा संक्रमण देखिएको छ ।

तमिलनाडुबाट १५ सय भन्दा ज्यादा सो भेलामा सहभागी भएका थिए जसमध्ये ५९ लाई मात्रै आधिकारिक क्वारेन्टिनमा राखिएको छ । त्यस्तै तेलङ्गना राज्यका कुल ५७ संक्रमित मध्ये ५० जना सोही भेलाका सहभागी रहेको पुष्टि भएको छ ।

 

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्