Logo
१५ बैशाख २०८१, शनिबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेको ३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र परेका भारतीयलाई लखेट्न खोजेको हो। हवाई फायरपछि मितेरी पुलमा भगाभाग चलेको छ। बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भारतीयहरु फर्किने क्रममा दशगजा क्षेत्रमा छन्।

रक्सौल–वीरगंजको दशगजा क्षेत्र मानिने मितेरी पुल आसपासमा उनीहरु अलपत्र छन्। नेपालको काठमाडौं पोखरा, भरतपुर, हेटौडा, वीरगंजलगायत क्षेत्रमा मेहनत मजदुरीको काम गर्दै आएका भारतीयहरु घर फर्किने क्रममा लकडाउनले फसेका हुन्।

‘म दश वर्षदेखि काठमाडौंमा सैलुनमा काम गर्दै आएका छु, भारतमा २१ दिने लक डाउनले गर्दा परिवार विरामी परेको सुनेर घर जाँदैछु,’ बिहार, रामगढवाका रामसुरत साहले भने, ‘तीन दिन लगाएर रातिको समय खद्यान्नको ट्रकमा जसोजसो वीरगंज पुगेको छु तर प्रशासनले पारी जान दिएको छैन।’

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्