Logo
१५ बैशाख २०८१, शनिबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि टेलिकमको रिङ-ब्याक टोन परिवर्तन, विदेशबाट आएकालाई अनिवार्य क्वरेण्टाइनमा बस्न सुझाव

कोरोना भाइरसको संंक्रमित बढीरहेको अवस्थामा आमजनसामु जनचेतना फैलाउन अभियान स्वरुप नेपाल टेलिकमले आज आइतबारदेखि रिङब्याक टोन परिवर्तन गरेको छ ।

टेलिकमले आइतबारदेखि विदेशबाट आएका नागरिकलाई परिवारबाट छुट्टै अर्थात् अनिवार्य क्वरेण्टीनमा बस्न रिङब्याक टोनमार्फत सन्देश दिएको छ ।

बर्तमान समयमा कोरोना भाइरसको कारण विश्वको मानवजीवन नै खतरामा परेको अवस्थामा नेपालमा पनि अहिलेसम्म भेटिएका ५ जना कोरोना सङ्क्रमित विदेशबाट आएको पाइएकाले सरकारले विदेशबाट आएका सबैलाई १४ दिन अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न अनुरोध गर्दै आएको छ ।

यसअघि टेलिकमले कोरोना भाइरस (कोभिड १९) बाट बच्न साबुन पानीले बारम्बर हात धुन र खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्न सन्देश सहितको रिङब्याक टोन तयार गरेको थियो ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु र श्वास फेर्न समस्या हुनु कोरोनाका लक्षण हुन् । यी लक्षण देखिए तत्काल अस्पताल जान सरकारले आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्