Logo
१५ बैशाख २०८१, शनिबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व रक्षासचिव मार्फत राजपाका अध्यक्षमण्डलबीच अढाई करोडको लेनदेन ! (सुन्नुस् अडियो)

तत्कालिन सप्तरी सिडियो समेत भएका एक जना पुर्व रक्षासचिव मार्फत राजपाका अध्यक्षमण्डलबीच अढाई करोडको लेनदेन भएको खुलासा भएको छ ।

यतिबेला भाइरल भइरहेको अडियोको औपचारिक पुष्टि हुन बाँकी रहेको भएता पनि उक्त अडियोमा हाल राष्ट्रियसभा सदस्य रहेका शेखर सिंहले अढाई करोड रुपैयाँ राजपाका अध्यक्षमण्डललाई बुझाएको प्रष्ट बुझ्न सकिन्छ ।

गत माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन अढाई करोड रुपैयाँ घुस बुझाएको खुलासा भएको हो । अडियो टेपमा भएको कुराकानीमा प्रदेश नं २ बाट राष्ट्रिय जनता पार्टीं (राजपा) का उम्मेदवार बनेका शेखर कुमार सिंहले अढाई करोड रुपैयाँ बुझाएर सांसद बनेको खुलासा भएको हो ।

अडियो टेपमा सुरजीत सिंह र ज्योती झाबीचकोे संवाद रहेको छ । राष्ट्रियसभा सदस्य बन्न शेखर कुमार सिंहले पार्टीलाई पैसा बुझाएको कुरा सुरजीत सिंह र झाले गरेका छन् ।

अढाई करोड बुझाएर राष्ट्रिय सभा सदस्य बनेका शेखर कुमार सिंह र सुरजीत सिंहको पारिवारिक विरादरी एउटै र उनीहरुबीच हाल तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएको छ ।

उनीहरुबीच कुराकानी भइरहँदा पूर्व रक्षा सचिव तिलकराम शर्मा पनि मिसिएका छन् । उनीहरुको कुराकानीको आधारमा पूर्व रक्षा सचिव शर्माले शेखर कुमार सिंहलाई सांसदको उम्मेदवार बन्न अढाई करोड रुपैयाँको व्यवस्था गरेको उल्लेख छ।

उक्त कुरा स्वयं शर्माले नै अडियो वार्तामा खुलेर बताएका छन् । ज्योती झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ती अग्रसर र मध्यस्तकर्ताको रुपमा देखिएका छन् । पूर्व सचिव शर्मा मार्फत आफन्तको पैसा फसेकोले आफू अग्रसर हुनुपरेको उनको भनाई छ ।

यसअघि पनि राजपा पैसा लेनदेन गरेर राष्ट्रियसभा सदस्य बनाएको आरोप लागिसकेको छ । उक्त अडियोले उनीहरुमाथिको आरोपलाई झन पुष्टि गरेको छ । पार्टीले राष्ट्रियसभा उम्मेद्वार तय गर्दै गर्दा टिकट बेचेको चौतर्फी रुपमा चचर्का चलेको थियो ।

अडियो टेप प्रकरणमा अनिलकुमार झा, राजकिशोर यादव, शरदसिंह भण्डारी र राजेन्द्र महतोलाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतका अनुसार पूर्व सचिव शर्मा अर्का राजपा नेता शरदसिंह भण्डारीका निकटतम हुन् ।

राजपाका शेखर कुमार सिंहले ५५०२ मत ल्याएर २ नं प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याएका थिए ।

यता राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले त्यस्तो कुने लेनदेन नभएको दावी गरेका छन् । ‘शेखर सिंह कुनै आगन्तुक नेता होइन, उहाँ पार्टीकै उपाध्यक्ष हो, उहाँले किन पैसा बुझाउनु पर्थियो र ?’ भण्डारीले नागरिक टाइम्ससँग भने पार्टीगत प्रणली अन्तरगत नै सिंहले पैसा पाएका हुन् यसमा कुने लेनदेन छैन’ ।

तर पुर्व रक्षासचिव शर्मा, शेखर सिंह भने नागरिक टाइम्सको सम्पर्कमा आउन चाहेनन् । प्रदेश नम्बर २ मा नेकपा र राजपाको गठबन्धन रहेको थियो ।

सुन्नुस् ११ मिनेटको अडियो कुराकानी : 

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्