Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्र ५० करोड लगानीमा बन्दै

प्रदेश नं १ स्थित सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको अमाहा सामुदायिक वन उपभोक्ता समुहले संरक्षण गरेको वन क्षेत्रमा ५० करोडको लगानीमा पर्यटकीय क्षेत्र बन्ने भएको छ । प्रदेश एक उत्कृष्ट पर्यटकीय क्षेत्र सुनसरीमा बन्ने भएको छ ।

प्रदेश एककै नमुना पर्यटकीय क्षेत्र बनाउन अहिले धमाधम काम भईरहेको अमाह सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भोजराज घलेले बताए ।

यस क्षेत्रमा करीब ५० करोड भन्दा बढि लगानीमा सिमसार क्षेत्र विस्तार हुने अध्यक्ष घलेको भनाई छ । ५२ हेक्टर क्षेत्रफलमा पर्या पर्यटन क्षेत्र निमार्ण सुरु भएको छ घलेले भने ।

स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारको लगानीमा सङग्राहल निमार्ण हुने छ । वन क्षेत्र अतिक्रमण हुदै गएको कारण पनि वन क्षेत्रको जमिन आफ्नो मातहतमा ल्याएर अन्य पर्यटकीय क्षेत्र भन्दा फरक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेको अध्यक्ष घलेले बताए ।

प्राकृतिक मनोरम दृश्य मन लोभ्याउने खाले छ । ‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेको छ ।

अमाह सिमसार प्राकृतिक हरियाली, शान्त र सुन्दर जंगल क्षेत्र भएकले सिमसारमा घुम्दा, बस्दा शान्तिको अनुभूति हुने छ । पूर्वकै प्रतिष्ठीत मूर्तीकार बिक्रम श्रिले डिजाईन गरेको पर्यटकीय क्षेत्रमा प्रकृतिक सुचना केन्द्र समेत हुने भएको छ ।

जलबायु सम्बन्धी सम्पूर्ण सुचना प्रबाह यही बाट हुने छ प्रोजेक्टका डिआईजनकार तथा मूर्तीकार विक्रम श्रिले भने । विद्यार्थीहरुको लागि अध्यान केन्द्र समेत हुने छ । हात्ती देखि किरा सम्मको अध्यानको लागि उपयुक्त स्थान हुने उनको भनाई थियो ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्