Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रास : नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णागिरी मेला स्थगित

सुदुरपश्चिम स्थित कञ्चनपुरमा कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णागिरी मेला स्थगित गरिएको छ ।

नेपाल–भारत सीमानामा पर्ने पूर्णागिरी मेलामा हजारौं दर्शनार्थीको आवतजावत हुँदा कोरोना संक्रमणको जोखिम बढ्न नदिन मेला आजबाट स्थगित गरिएको हो ।

सरकार सभाले, सम्मेलन लगायतका भिडभाड नगर्न आग्रह गरेपनि पूर्णागिरीको दर्शनपछि भने दैनिक पाँच हजार भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका थिए ।

जसले गर्दा सिमानामा स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको थियो ।

यता भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीयले मेला स्थगित गर्न आग्रह गर्दै आएका थिए ।

तर दुई देशीय धार्मिक मेला भएकाले नेपालले मात्रै स्थगित गर्न नमिल्ने भन्दै स्थानीय प्रशासनले लामो समयदेखि भारतीय पक्षसँग छलफल गर्दै आएको थियो ।

पूर्णागिरी मेला फागुपूर्णिमा देखि बैशाख पूर्णिमा सम्म लाग्ने गर्दछ । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा पर्ने पूर्णागिरी माताको दर्शनपछि कञ्चनपुरको ब्रम्हदेवमा रहेको सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

 

 

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्