Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु कामदारका लागि यूएई र ओमान सुरक्षित, सरोकारवाहरुले गरे वैधानिक रुपमा आउनेजाने व्यवस्था गर्न माग

घरेलु कामदार अधिकारका लागि अरु देशभन्दा यूएई सुरक्षित गन्तव्य देश रहेकाले घरेलु कामदार आउने र नेपाल फर्किने बाटोलाई वैधानिक रुपमा सहज बनाइदिन सरोकारवाहरुले माग गरेका छन् ।

ओमान र साउदी अरबको भ्रमण सकाएर शुक्रबार यूएई आइपुगेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले शनिशार नेपाली दूतावास आबुधाबीमा यहाँ कार्यरत कामदारसँग छलफल गरेको थियो ।

छलफलमा सहभागी बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुले घरेलु कामदारलाई वैधानिक रुपमा आउने बाटो खुलाउने व्यवस्था गर्न माग गरेका हुन् ।

विभिन्न बहनामा कामदार समस्यामा पर्दा सरकार र सम्बन्धित देशका नेपाली नियोगहरुले गर्ने ढिलाईले कामदारको समस्या समाधानमा कठिनाई हुने गरेको उनीहरुको गुनासो छ ।

‘घरेलु कामदारका लागि यूएई र ओमान सुरक्षित, साउदी अरब अझै जोखिम’

घरेलु कामदारका लागि यूएई र ओमान सुरक्षित रहेको र साउदी अरब अझै पनि जोखिम रहेको भन्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले यसपटक घरेलु कामदारको बाटो खुल्ला गर्नेतर्फ संकेत गरेको छ ।

अध्ययनपछि आफ्नो प्रतिवेदन सहित सरकारलाई निर्देशन गरिने भन्दै समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले ओमान र यूएईमा घरेलु कामदार सुरक्षित रहेको आफूहरुले पाएको बताए ।

यी दुई देशमा कसैले पनि घरेलु कामदार असुरक्षित भएको बताउनु भएन, तर साउदीमा भने अझै पनि जोखिमपूर्ण अवस्था रहेको र त्यहाँ कार्यरत कामदारले घरेलु कामदार ल्याउन नहुने धारणा राखेको श्रीवास्तवले बताए ।

प्रतिवन्ध फुकुवा गर्ने सन्दर्भमा भने कामदार कार्यरत देशअनुसार निर्णय हुन सक्ने उनको संकेत थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले दबाब र प्रभावमा परेर घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्ने वा बन्द गर्ने भन्ने विषय नभएको बताए ।

यूएई कानुनतः सुरक्षित र बलियो भएको भन्दै कामदार हकअधिकारको संरक्षणका लागि यहाँ अलग्गै व्यवस्था भएकोले त्यसतर्फ खासै चिन्ता लिनु नपर्ने उनको भनाई रहेको छ ।

मानव अधिकारका हिसाबले महिला पुरुष भनेर छुट्याउन नहुने तर गन्तव्य देशका विद्यमान कानुन र व्यवस्थाको अध्ययन गरेर आफूहरुले सुझाव सहित प्रतिवेदन प्रस्तुत गर्ने पाठकको भनाइ रहेको छ ।

टोली ओमान, साउदी अरब हुँदै शुक्रबार यूएई आइपुगेको हो । टोली कुवेत जाने कार्यक्रम थियो । कुवेतले कोरोना भाइरसको सङ्क्रमणको कारण देखाउँदै भिसा जारी नगरेको र यस पटक नआउन भनेपछि टोली यूएईमा ४ दिन बसेर नेपाल फर्किने भएको छ ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्