Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिन देखि घटेको सुनको भाउ पुन: बढ्यो

२ दिन देखि लगातार बजारमा घटेको सुनको भाउ पुन फेरी बढेको छ । नेपाली बजारमा बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ ।

सुन बिहीबार तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा ५ सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी बिहीबार तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्