Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यमिकी परिक्रमा शुरु, मधेशी पहिरनमा सजिएर प्रचण्डद्वारा उद्घाटन

जनकपुरधाम स्थित ऐतिहासिक महत्वको १५ दिने मिथिला मध्यमिकी परिक्रमा आइतबार विहानदेखि शुरु भएको छ । फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु-भागको यात्रा गरिन्छ ।

यसपाली परिक्रमा पुर्ण रुपमा नेकपामय देखिएको छ भने मधेशी दलका प्रतिनिधि तथा नेताहरुको खासै चहलपहल देखिदैन । मधेशी पहिरनमा सजिएर प्रचण्डले उक्त परिक्रमाको उद्घाटन गरेका छन् ।

आजको दिन धनुषाको कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ । र यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।

नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिथिलाविहारी भगवानको डोला उठाउँदै परिक्रमाको उदघाटन गरेका छन् । हेलिकप्टरबाट प्रचण्ड मिथिलाविहारी मन्दिर पुगेका थिए । यस्तै उनी चढेर आएको हेलिकप्टरले पुष्पवृष्टि समेत गरिएको छ । वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ ।

तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् ।

लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ । १५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।

रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

परिक्रममामा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छन् ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत पुर्याउने गरेको छ ।

धर्मशाला बनाउने र मिथिलाविहारी परिषद गठन गर्ने घोषणा

प्रचण्डले १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने उद्घोष गरेका छन् । परिक्रमाको आइतबार विहान उदघाटन गर्दै प्रचण्डले प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक धर्मशाला बनाउने घोषणा गरेका हुन् ।

‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीको तर्फबाट र मेरो तर्फबाट तपाईहरुलाई पूर्ण सहयोग रहन्छ । मेरो तर्फबाट जति सम्भ छ । म गर्न तयार छु । कुनै कमी रहन दिन्न’ प्रचण्डले भने ।

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए ।

आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला पनि परिक्रमा मार्गको लागि सहयोग गर्ने अवस पाएको स्मरण गर्दै प्रचण्डले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धा गरेका छन् ।

१५ दिनसम्म चल्ने मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिलाबिहारीको मन्दिरबाट प्रारम्भ हुने गर्दछ ।

आइतबारदेखि हुने परिक्रमा प्रारम्भ गर्न प्रचण्ड हेलिकप्टरबाट मिथिलाविहारीको मन्दिर आएका थिए ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्