Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिने जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरगंको आयोजनामा मोरगंको सुन्दरहरैचा ५ बलिया चौकमा दुइ दिने जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

मोरगंका विभिन्न ठाउँमा रहेका १२ डोजागंका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिताको नेकपा मोरगंका युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेतले उद्घाटन गरेका थिए।उद्घाटनका क्रममा बोल्दै बस्नेतले खेलकुदको विकासका लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका थिए।

राष्ट्रिय तेक्वान्दो संघ मोरङका अध्यक्ष मनोज विक्रम शाहको अध्यक्ष्यतामा भएको कार्यक्रममा
महिला तर्फ १० र पुरुष तर्फ १२ विद्या गरी कुल २२विद्यामा २सय बढी खेलाडिहरुको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिता अन्र्तगत महिला तर्फ २५ केजी तौल समुह देखि ५७ केजी तौल समुह र पुरुष तर्फ २५ केजीदेखि ६८केजी तौल समुहमा प्रतिस्पर्धा गराइने आयोजक राष्ट्रिय तेक्वाण्दो संघ नेपालमोरगंका सचिव द्धारिका रेग्मीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाध्यक्ष हरिबहादुर वुढाथोकी, ज्ञानु विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्