Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा शिवको पूजा गर्दै भक्तजन (फोटोफिचर)

काठमाण्डौं : आज शुक्रवार देशभर महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड ।

काठमाडौँ,महाशिवरात्रिको अवसरमा शुक्रबार पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्