Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ दूतावासको वक्तव्यप्रति नेपाली सम्पादकहरुको आपत्ति

काठमाडौं : नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति असहमत जनाउँदै आज बुधबार सम्पादकहरुको तर्फबाट पनि विज्ञप्ति जारी गरिएको छ ।

‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरिएको थियो ।

उक्त विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताउँदै जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख छ ।

सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।’

द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो । सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्