Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राससको ५९ औँ वार्षिकोत्सव : पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रिय समाचार समिति (रासस)को ५९औँ वार्षिकोत्सव कार्यक्रमको बुधबार रासस केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राससका महाप्रबन्धक ओपेन्द्र शर्मा ।

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताए ।

सभापति पोख्रेलले भने, “संविधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।”

सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गरे ।

कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिए ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने आचार्यले जानकारी दिए ।

 

राष्ट्रिय समाचार समिति (रासस)को ५९ औं वार्षिकोत्सव कार्यक्रमको बुधबार रासस केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सहभागीहरु ।
राष्ट्रिय समाचार समिति (रासस)को ५९ औं वार्षिकोत्सव कार्यक्रमको बुधबार रासस केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सहभागीहरु ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्