Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दिनदेखि जारी मुस्लिम सम्मेलन सम्पन्न, अनुमान भन्दा बढी सहभागी

प्रदेश नम्बर २ स्थित सप्तरीमा ३ दिनदेखि चलिरहेका मुस्लिम सम्मेलन (आलमी इज्तिमा) सोमवार सम्पन्न भएको छ।

सप्तरीको बरसाईन नगरपालिका वडा नम्बर ५ स्थित जाँजरमा आयोजना गरेको आलमी इज्तिमामा नेपाल र भारतबाट १५ लाख भन्दा बढी मुस्लिम धर्माम्बलीहरुको सहभागी रहेको थियो ।

फागुन ३ देखि सुरु भएको ५ गतेसम्म हुने सो सम्मेलनमा १० लाख बढी मुस्लिम समुदायको सहभागी हुने अनुमान गरेको थियो । सो कार्यक्रम अनुमान भन्दा बढी सहभागी भएको आयोजक समितिले जानकारी दिएको हो।

इज्तिमा स्थलमा आशा गरेभन्दा निकै बढी संख्या मुस्लिम समुदायको घुइँचो लागेको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले बताए ।

आयोगका अध्यक्ष शमिम मियाँ अन्सारीको नेतृत्वमा निगरानी समिति र इज्तिमा व्यवस्थापन कमिटिले सवै किसिमबाट सहयोग गरिरहेको निगरानी समितिका सदस्य पूर्वमन्त्री जाकिर हुसैनले बताए ।

नेपालकै इतिहासमा पहिलो पटक सबैभन्दा ठुलो मुस्लिम समुदायको आलमी इज्तिमा सप्तरिको जाँजरमा सभ्य र भब्य रुपमा सम्पन्न भयको छ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले यसको लागि प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, सप्तरी जिल्ला प्रशासन प्रमुख, ३ वटै सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्