Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ करोड लागतमा मुसीकोटमा बन्यो भव्य सहिद स्मृति पार्क (हेर्नुस् थरी-थरीका तस्विरहरु)

पश्चिम रुकुम : पश्चिम रुकुमको मुसीकोटमा २ करोड रुयौँयाको लागतमा भव्य सहिद स्मृति पार्क निर्माण भएको छ ।

तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा संघीय संसद् क्षेत्र विकास कोषको लागतमा उक्त पार्क निर्माण गरिएको हो ।

पार्क निर्माण गरेर आज बिहीबार २५ औँ जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको हो ।

मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र सभाहल समेत रहेको छ ।

पार्कभित्र जनयुद्धका क्रममा रुकुमबाट सहिद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्