Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए’ डिभिजन लिग : पुलिसद्धारा फ्रेण्ड्स पराजित

विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो ।

पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो ।

हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे ।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ ।

पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ । पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्