Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले अमेरिकामाथि ८ विकेटको कीर्तिमानी जित


कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न शृंखलाको अन्तिम एकदिवसीय खेलमा ‘विश्वकप क्रिकेट लिग-२’अन्तर्गत नेपालले अमेरिकामाथि ८ विकेटको जित गरी कीर्तिमानी हासिल गरेको छ ।

नेपालले ३६ रनको लक्ष्य २ विकेटको क्षतिमा ५.२ ओभरमा पूरा गर्यो। नेपालका लागि पारस खड्काले २० र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए भने त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ तथा सुवास खकुरेल शून्यमै पेवेलियन फर्केका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट हुन पुग्यको थियो । अमेरिकाका लागि जेभियर मार्सलले सर्वा्धिक १६ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

अमेरिकालाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने ६ र सुशान भारीले ४ विकेट लिएका थिए।
यससँगै नेपालले एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सबैभन्दा कम ओभरमै विपक्षी टिमलाई अलआउट गर्ने कीर्तिमान बनाउन सफल भएको छ ।

यसअघि पनि सन् २००४ मा यो कीर्तिमान श्रीलंकाको नाममा थियो भने श्रीलंकाले जिम्बाबेलाई १८ ओभरमा ३५ रनमा अलआउट गरेको थियो । जितसँगै नेपालको अंकतालिकामा ४ अंक भएको छ ।

नेपालले लिगका ४ खेलमध्ये २ मा जित गरेको छ र २ मा हारको सामना गरेको छ।
अमेरिका भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । ओमान अंकतालिकाको शीर्षमा रहेको छ । उसको १६ अंक रहेको छ ।

यसअघि शृंखलाअन्तर्गत अमेरिकासँगको पहिलो खेलमा नेपाल ३५ रनले विजयी भएको थियो । ओमनसँगका दुई खेलमा भने नेपाल पराजित हुनु परेको थियो ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्