Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल दोस्रोपटक पनि ओमानसँग पराजित

आइसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो ।

अकिब इल्यासको शतकीय पारीसामु बलरहरु निरिह बन्दा नेपाल लगातार दोस्रोपटक ओमानसँग पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।

ओमानका लागि अकिबले शतकीय पारी खेल्दै १ सय ९ रन बनाए भने कप्तान जिसान मक्सुदले ६८ रनको योगदान दिए । अकिबले १ सय ८ बल खेल्दै १२ चौका र १ छक्का हिर्काए ।त्यस्तै, खावर अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए ।

नेपालका लागि सन्दीप भारी र कुशल मल्लले १-१ विकेट लिए ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्